• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङ तुलसीपुरमा कारले मोटरसाइकललाई ठक्कर दिदा दुबै साधनका चालक घाईते


पूर्ण के.सी./ कार्तिक ६, दाङ । दाङ तुलसीपुर सल्यान रोडमा कारले मोटरसाईकललाई ठक्कर दिदा दुबै सवारी साधनका चालक घाइते भएका छ्न ।

ईप्रका तुलसीपुरले दिएको जानकारी अनुसार विरेन्द्र चोकबाट सल्यान रोड तर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको कार घुमाउने क्रममा सोही दिशा तर्फ जाँदै गरेको रा ४ प ६८९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीको भनाई छ । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार