• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पुर्वाधार विकास कार्यालय पनि स्थापना


कार्तिक ६, सल्यान । सल्यानमा पुर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको भौतिक विकास मन्त्रालय अन्तरगत सल्यानमा पुर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

संघियता आईसकेपछि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय फेरि स्थापना हुन थालेका हुन । संघीयता आए संगै हराएका कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायतका कार्यालयहरु खारेज भएका थिए । तर खारेज भएका ति कार्यालयहरु अहिले फेरी सदरमुकाम खलंगामा स्थापना गरिएका छन् ।

पुर्वधार विकास कार्यालयको बुधबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेका हुन् । साविकको प्रविधिक कार्यालयमा कार्यालय रहनेगरी स्थापना गरिएको छ ।

यो कार्यालयले अब सल्यानमा विकासका कामहरु जस्तै सडक, पुल, भवन निर्माणलाई हेर्नेछ । यस अघि यी कामलाई सडक डिभिजन कार्यालय दाङले हेर्दै आएको थियो । कार्यालयमा ७ जना कर्मचारी दरबन्दी रहेको छ । तर सल्यानमा कार्यलयहरु स्थापना भएपनि कर्मचारीको भने अभाव रहेको छ ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री प्रकाश ज्वालाले जिल्लामा स्थापना भएका कार्यालयहरु जिल्लाका छुटै कार्यालय नभएर प्रदेश माताहतका कार्यालय भएको बताए । उनले अहिले कर्मचारीको अभाव भएपनि विस्तारै त्यसको पुर्ति हुने बताएका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार