• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दुर्गेश थापापछि चर्चित र्‍यापर भिटेन पक्राउ


कार्तिक ७, काठमाडौं । चर्चित र्यापर समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

गीतमा ‘यस्तै त हो नि ब्रो’मा ‘पानी हान्न आइजा बरु म दारु मगाउछु, गाँजा सल्काउछु ।’ भन्ने शब्द प्रयाेग भएकाे छ । साथै उक्त गीतकाे भिडियाेमा गाँजा पनि देखाइएकाे छ । भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।

उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।  ‘गरिबी … गीनबाट र्‍याप यात्रा थालेका उनी ‘सिमसिमे पानी …’ गीतबाट युट्युब ट्रेन्डिङमा छाएका थिए । दर्जन बढी गीत गाइसकेका उनी पछिल्लो समय देशविदेशमा कन्सर्टहरुमा समेत व्यस्त छन् ।

केहिदिन अघिमात्रै ‘ह्याप्पी तिहार, चिसाे बियर’ गीत गाएर समाजमा विकृती ल्याएकाे भन्दै केहि घण्टाकाे लागी गायक दुर्गेश थापालाइ प्रहरीले नियन्त्रणमा लिएकाे थियाे दुर्गेशले उक्त गीत युटुबबाट हाटाउने सहमतिमा प्रहरीबाट छुटकारा पाएका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार