• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

किजा पूजाका अवसरमा कात्तिक १३ गते सार्वजनिक बिदा


कात्तिक ७, काठमाण्डौ । सरकारले नेवार समुदायले मनाउने किजा पूजा अर्थात भाइटीकाका अवसरमा कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले किजा पूजाका अवसरमा सार्वजनिक बिदा दिइने बताउनुभयो ।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका कारण सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डाक्टर अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिन आग्रह गरेका थिए ।

नेवार समुदायको परम्पराअनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । त्यो दिन नेवार समुदायले दिनभरि धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार