• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रातोखबर साप्ताहिकको कार्यकारी सम्पादकमा पत्रकार प्रकाश डुम्रे चयन


कार्तिक ७, काठमाडौँ । रातोखबर प्रकाशन गृह प्रालि द्वारा प्रकाशित रातोखबर साप्ताहिकको कार्यकारी सम्पादकमा पत्रकार प्रकाश डुम्रे चयन भएका छन् । गत हप्ता सम्पन्न प्रकाशन गृहको बैठकले डुम्रेलाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो ।

विगत ५ बर्षदेखि काठमाडौंबाट प्रकाशन सुरु गरी फरक धारको पहिचान बनाएको रातोखबर नेपाली पत्रकारितामा फरक धारको प्रतिनिधित्व गर्ने मिडियाको रुपमा स्थापित छ ।  सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका अधिकांश बिषयबस्तु सार्वजनिक गर्ने निकट मिडियाको रुपमा समेत रातोखबरलाई लिईन्छ ।

नेकपाका महासचिव विप्लव, प्रकाण्ड लगायत भुमिगत रहेका नेताहरूको अन्तरवार्ता तथा स्टेटमेन्ट समेत सोही पत्रिका मार्फत पहिलो पटक बाहिर आउने गर्छ ।  विप्लव निकट जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका डुम्रेलाई मातृ पार्टी नेकपाको हेडंक्वाटर निर्णय अनुसार जिम्मेवारी दिएको स्रोतले बतायो ।

डुम्रे बुटवलबाट प्रकाशित हुने गर्जन पोष्ट साप्ताहिकको प्रकाशक तथा सम्पादक समेत हुन

प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार