• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा पहिलोपटक इन्द्रेणी टिम, छत्रेश्वरी २ को छायांकन गरियो


कार्तिक ८, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका २ दहखोलामा आयोजना गरिएको बृहत खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्तिक ४ गतेदेखि सुरु भएको कार्यक्रम बिहीबार ७ गते सकिएको हो ।

कार्यक्रममा एबिसी टेलिभिजनबाट प्रशारण हुने इन्द्रेणी कार्यक्रमको विषेश प्रस्तुती रहेको थियो भने जिल्ला स्तरीय भलिबल, लोक दोहोरी प्रतियोगिता रहेको थियो ।

इन्द्रेणी कार्यक्रमले वडा नम्बर २ मा पर्ने सल्यान जिल्लाको सबैभन्दा अग्लो लेक जथाक, दहखोलाको कृषि, सशस्त्र जनयुद्धको युद्धभुमी बुराँसे, तीन छहरी झरणको छायांकन गरेको छ । इन्द्रेणीका संचालक कृष्ण कँडेलले यी ठाउँमा गएर कार्यक्रमलाई संचालन सँगै स्थानीयसँग कुराकानी गरेका थिए भने यहाँ दोहोरी पनि प्रस्तुत गरिएको थियो ।

यस्तो खालको कार्यक्रमले यहाँ भएको पर्यटकीय स्थलको प्रचार हुने छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम खड्काले बताए । कार्यक्रमा यहाँका मौलिक नाचहरु पनि देखाइएको थियो । इन्द्रेणीको बाद्येबादक सहित सम्पुर्ण कलाकार टिम पहिलोपटक सल्यान आएको हो ।

त्यस्तै भगवती आधारभुत विद्यालयको प्रांगनमा भएको भलिबल प्रतियोगितामा प्रथम दमाचौरको ‘ए’, दितृय दमाचौरकै ‘बी’ र तितृय सिद्ध कुमाख गाउँपालिकाको टिम भएका छन् । लोक दोहोरीमा पशुपति मगरको झिम्पे टिम प्रथम, दितृयमा आरएन चन्दको दमाचौर टिम, र तितृय रमेश पिएमको छत्रेश्वरी २ को टिम विजय भएका छन् ।

कार्यक्रमको समापन गर्न पुर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभाका संसाद टेक बहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सिता लगाएतको सहभागीता रहेको थियो ।

परिवर्तनको व्यवस्था ल्याउन अझै बाँकी छः बस्नेत

कार्यक्रमलाई सम्बोधन गर्दै संसाद टेक बहादुर बस्नेतले मानिसको जिवन परिवर्तनको व्यवस्था ल्याउन अझै बाँकी भएको बताएका छन । विकासका पुर्वाधार मात्रै पुरा गरेर नहुने भन्दै उनले तिनको प्रयोग गर्ने हैसियतमा पनि जनलाई पु¥याउनुपर्ने बताए ।

सडक, विजुली, फोनको विकास गरेका छौं तर तिनलाई प्रयोग गर्न जनताले पाएका छन कि छैनन ध्यान दिने बेला आएको उनले बताएका हुन । उनले निर्माण हुदा ध्वंस हुने तर ध्वंसले निर्माणको बाटो नपकडेमा समस्या हुने भन्दै निर्माणमा पनि ठुलै क्रान्ति भएको भन्दै विकास निर्माण हुदैन भन्ने भ्रममा नपर्न आग्रह गरेका छन । अहिले गाउमा सडक संगै नुन देखि सुन सम्म आएपनि अन्ततः चाहिने नुन नै हो भन्दै उनले जनताको सिंहदरवार पनि आएको र यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन ।

कर्णाली सरकारको पहिलो प्राथामिकतामा सडकः ज्वाला

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गाउको उत्पादन बजार पु¥याउन र बजारबाट गाउ नजिक बनाउन कर्णाली सरकारले सडकलाई पहिलो प्राथामिकतामा राखेको बताए ।

उनले कर्णाली सरकारको तर्फबाट छत्रेश्वरीको केन्द्र भोटेचौर लान्ती हुदै दमाचौरसम्मका लागि सडक पहिलो प्राथामिकता भएकाले जिल्लामा सबैभन्दा ठुलो लगानी सरकारको तर्फबाट यहाँ गरिएको बताए ।  उनले सल्यान प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भएको भन्दै छत्रेश्वरीका जथाक, पाथिभर, तिलछहरी, चमेरेगुफाले पर्यटकलाई मनमोहक पार्ने भन्दै कवी, कलाकार, लेखकहरुलाई यी प्रकृतिले झनै मनमोहक बनाउने बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार