• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

हजारौंको बलिदानले गर्दा हामीले सत्ता पाएका हौं : प्रचण्ड


कार्तिक ८, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजाराैंकाे बलिदान पछि आफुहरूले सत्ता पाएकाे बताएका छन् । नेकपा पार्टी कार्यालय मोरङमा शुक्रवार आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘त्याग तपस्याका हजारौं कीर्तिमान कायम गरेर हामी कम्युनिस्टले सत्ता हात पारेका छाैं ।’

कम्युनिस्ट पार्टीले पाएको सत्ता कसैले दयामाया गरेर नदिएको बताउँदै उनले कम्युनिष्टहरु यो ठाउँसम्म आउनुमा आफुहरुको त्याग र बलिदानीको ठूलो भूमिका रहेको बताए ।

‘हामी अहिले जुन ठाउँमा छौं, त्यो कसैले माया गरेर दिएको होइन,’ प्रचण्डले भने, ‘सत्ता हामीले रातदिन लडेर प्राप्त गरेका हौं । यो ठाउँसम्म आइपुग्न कतिले आफ्नो जिवन बलिदान दिएका छन् । हामीले विभिन्न खालका समस्याहरूसँग जुधेर, त्याग तपस्याका हजारौं कीर्तिमान कायम गरेर प्राप्त गरेका हौं । कसैले दयामाया गरेर दिएको चिज होइन ।’

अध्यक्ष प्रचण्डले पार्टी एकताका बाँकी कामहरु चाडै नै पुरा हुने बताए । ‘चाडै नै प्रधानमन्त्री र म दुई चारघण्टा छलफलमा बस्छौ र एकताका सम्पूर्ण प्रक्रियाहरू छुंग्याउँछौं ।’

प्रकाशित मिति : २०७६ कार्तिक ८ गते शुक्रवार