• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

विप्लव नेकपाका सल्यान जिल्ला सदस्य ‘टाइगर’ गिरफ्तार


कार्तिक ९, सल्यान । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका सल्यान जिल्ला कमिटी सदस्य पक्राउ परेका छन् ।

बागचौर नगरपालिका –२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले मध्यराती गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ ।

गिरफ्तारमा परेका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए । बम विस्फोट, हातहतियार र आगजनीको मुद्धाका उनलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको उनले बताए ।

गएको फागुन महिनामा सरकारले नेकपामाथी प्रतिबन्ध लगाएको थियाे । प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा धेरै नेता–कार्यकर्ता गिरफ्तारमा परेका छन् । गिरफ्तारमा परेका ती सबै अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भैसकेका छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार