• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा एक युवा मृत फेला


कार्तिक १०, दाङ । दाङमा एक युवा मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १७ हेमन्तपुर निवासी वर्ष २६ का गोपाल घिमिरेको शनिवार विहान साढे ११ बजेतिर तुलसीपुर १७ बनकट्टिमा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरीहरनाथ योगीले जानकारी दिए ।

उनका अनुसार घिमिरेको सव बाटो देखी ४÷५ मिटर तल झाडिमा फेला परेको थियो । मृतकको शरिरमा कुनै चोटपटक नभएको तर मुखबाट ¥याल छोडेको अवस्थामा सव फेला परेको प्रमुख योगीले बताए ।

पारिवारिक श्रोतका अनुसार घिमिरे शुक्रबार साँझ घरबाट निस्किएका थिए । सवलाई पोष्ट मार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक ९ गते शनिवार