• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

झण्डै ३ करोड रुपैयाँसहित महाराजगञ्जबाट जुवा खेलिरहेका २५ जना पक्राउ


कार्तिक,१० / काठमाण्डौ – काठमाण्डौको महाराजगञ्जबाट जुवा खेलिरहेका २५ जना झण्डै ३ करोड रुपैयाँसहित पक्राउ परेका छन ।शनिबार राति पिपलमार्गमा रहेको विक्रम गौतमको दुई तले घरको भुइँ तल्लामा खेलिरहेका २५ जनालाई दुई करोड ७२ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु सबैजनालाई अहिले प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ र यसबारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । यस्तै कास्कीमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उनीहरुलाई पोखरा महानगरपालिकाबाट शनिबार राति १० लाख ५८ हजार ५ सय १० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार