• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दुई जिल्ला सदस्य पक्राउ परेपछि नेकपा सल्यानले निकाल्यो यस्तो विज्ञप्ति


कार्तिक १०, सल्यान । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले पक्राउ परेका आफ्ना दुई नेताको रिहाइको माग गर्दै एक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

सो पार्टीका जिल्ला सेक्रेटरी लोक्पालले कार्तिक ९ गते जारी गरेको विज्ञप्तिमा दिपावलीको शुभकामना सँगै पक्राउ परेका जिल्ला सदस्यको रिहाइको माग गरिएको छ ।

गएको असोज २२ गते राति जिल्ला सदस्य कालुराम बादी ‘सुर्य’ र कार्तिक ८ गते राति भद्रबहादुर डाँगी ‘ टाइगर’ लाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ । पक्राउ परेका उनिहरुको रिहाइको माग गर्दै नेकपा घोर भर्त्सना गरेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार