• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

तरुणदलले गर्‍यो रक्तदान कार्यक्रम


पूर्ण के.सी. कार्तिक १०, दाङ । नेपाल तरुण दलको ६६ औं स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

तरुण दल तुलसीपुर उपमहानगरपालिका ५ को आयोजनामा उक्त कार्यक्रम भएको हो ।

राप्ती प्रादेशिक अस्पतालमा रक्तदान गरिएको आयोजकले बताएको छ । कार्यक्रममा तरुण दलका कृयासिल सदस्यहरुले रक्तदान गरेका थिए ।

तरुण दल तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष सुनिल बाबू डागीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार