• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानको ‘मौलिक सांस्कृतिक’लाई देउसी भैलोमा देखाईयो



कार्तिक १२, सल्यान । सल्यानी युवा संजालको “देउसी भैलो कार्यक्रम” २०७६ सम्पन्न भएको छ । सल्यनको कपुरकोट बजारबाट कार्तिक ९ गतेदेखि सरु भएको देउसी भैलो खरिबोटमा आएर कार्तिक ११ गते सकिएको हो ।

देउसी भैलो कार्यक्रमकपुरकोट, लुहाम , श्रीनगर , खलंगा , बरला , रामेखोला , पटारे , मोखला , कालाखेत , थारमारे र खरिबोट खेलिएको हो । समय धेरै नभएका कारण जिल्लाका सबै ठाउँमा देउसी भैलो कार्यक्रम गर्न नसकिएको युवा संजालको भनाइ छ ।

देउसी भैलो कार्यक्रममा राष्ट्रिय कलाकारहरु कृष्ण रेउले, रमेश डाँगी, तिलक शाही तथा स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुति पनि रहेको थियो । देउसी भैलो कार्यक्रममा सल्यानको मौलिक लोक कला संस्कृति झल्काउने सेरेङ्गे नाच पनि श्रीनगरका विभिन्न ठाउँमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक १२ गते मङ्गलवार