• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

धादिङमा जिप दुर्घटना हुदा २४ जना घाइते


कात्तिक,१४ / धादिङ । दक्षिणी धादिङको गजुरी गाउँपालिका -२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जिप दुर्घटनामा २४ जना घाइते भएका छन ।

ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जिपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपक खड्काले जानकारी दिए ।

घाइते मध्ये १३ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको र अन्यको गजुरी अस्पतालमा उपचार भइरहेको खड्काले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक १४ गते बिहिवार