• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सरकारविरुद्ध आन्दोलन गर्दा ४२ जनाको मृत्युु


कार्तिक १६, जेनेभा । हाइटीमा भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ। प्रदर्शनका क्रममा भएका झडपमा परी अरु दर्जनौ घाइते पनि भएको अधिकारकर्मी तथा अनुगमनकर्ताहरुले शुक्रबार जानकारी दिएका छन्।

हाइटीमा गत सेप्टेम्बर महिनाको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किदै गएको छ। उनीहरुले राष्ट्रपति जोभेनेल मोइसका विरुद्धमा पनि प्रदर्शन गरिरहेका छन्।

आन्दोलनका कारण देशका गहिरो सङ्कटपूर्ण अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्। गरीव देश मानिने हाइटीमा आन्दोलनका कारण इन्धनको अभाव पनि बढेको जनाइएको छ।

आन्दोलनको असर स्वास्थ्य सेवा, खाद्यान्न, शिक्षालगायतका अन्य विभिन्न आधारभूत सेवाहरुमा पनि परेको राष्ट्रसंघको उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार