• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु


पूर्ण के.सी. कार्तिक १७, दाङ । दाङको घोराहीमा रहेको सगरमाथा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

सिमेन्ट उद्योगमा काम गर्ने क्रममा शनिबार साँझ लडेर गम्भीर घाईते भएका भारत उत्तर प्रदेशका रमेश कुमार पट्रलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

टाउकोमा चोट लागेका पट्रलको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार