• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानका सरोकारवालाहरु भन्छन्- ‘बाल विवाहले शिक्षा स्वास्थ्यको अधिकार हनन् भयो’


करेश्मा गिरी/ कार्तिक १७, सल्यान । सल्यान जिल्लामा बाल विवाहले गर्दा शिक्षा, स्वास्थ्य लगायतका समस्या सृजना भएको सरोकारवालाले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुरु गरेको स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ सचेत बनाउने (इपीएल) परियोजनाको परिचयात्मक तथा मानवअधिकार समुह गठनका सहभागीहरुले यस्तो बताएका हुन् ।

आइतबार सदरमुकाम खलंगामा भएको कायक्रमका सहभागीले बाल विवाहले गर्दा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासमा प्रत्यक्ष असर परेको भन्दै यस्लाइ न्युनिकरण गर्नुपर्ने बताएका छन् ।

कम उमेरमा विवाह गर्ने र पछि समस्या पर्ने भएकाले बाल विवाह न्युनिकरणमा भुमिका खेल्नुपर्ने शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताए । इन्सेकले ल्याएको नयाँ परियोजनामा आप्mनो पालिका छनौटमा परेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख शुरेस अधिकारीले धन्यवाद व्यक्त गरे ।

उनले यस परियोजनाले नगरपालिकाको मानवअधिकारको अवस्थालाइ सुधार गर्न यस साझेदारीले थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘संविधानमा उल्लेख भएको अधिकारको विषय अन्तरगत शिक्षा,स्वास्थ्य,खाद्यान्न र आवासको अधिकारमा कुन ठाउँमा कमी कमजोरी देखिन्छ त्यसलाइ समाधान गर्न हरपल तैयार रहेको छु ।’

नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सावित्रा बस्नेतले मानवअधिकार समुह गठन गर्दा सबै वडाबाट सहभागी गराउँदा समुह प्भावकारी हुने बताइन् ।उनले जनप्रतिनिधि संगको सहकार्यमा कार्यक्रमलाइ सफल बनाउन सकिने बताइन् ।

मानव अधिकारको क्षेत्रमा विभिन्न संघसंस्थाले काम गरेपनि इन्सेकले गर्दै आएको काम एकदमै प्रशंसनीय रहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले बताए । मानवअधिकारको क्षेत्रमा लामो समय देखी मानवअधिकारको संरक्षण र प्रवर्धनमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउँदै उनले मानव अधिकार उल्लंघनको अवस्थाको चित्रण गर्न इन्सेकले प्रकाशन गर्दै आएको मानवअधिकार वर्षपुस्तकले महत्वपुर्ण भुमिका खेलेको बताए ।

उनले संविधानमा मौलिक हकको रुपमा लिपिबद्द रहेको स्वास्थ्य, शिक्षा, खाद्यान्न र आवासको ग्यारेन्टी व्यवहारिक रुपमा भने कमजोर रहेको बताउँदै अझैपनि बालबालिका पढ्न नपाएर बसेको, पढ्नकै लागी बालुवा चाल्नु पर्ने लगायतका काम गर्नुपर्ने भएकाले गुणस्तरीया शिक्षाबाट वन्चित हुनु परेको अवस्था, बाल विवाह लगायतको भयावह अवस्थालाइ न्युनिकरण गर्न यस नयाँ परियोजनाले भुमिका खेल्नु पर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बपालले इएलपी परियोजनाले उठान गरेको विषवस्तु एकदमै सान्दर्भिक र संवेदनशील रहेको बताए । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै उनले यस्ता इन्सेकको यस परियोजनाको विस्तार दशवटै पालिकामा हुनुपर्ने बताए ।

जिल्ला अनुसन्धान अधिकृत मेघराज कंडेलले इन्सेक संग सहकार्य गरेर मानव अधिकारको क्षेत्रमा काम गर्न प्रतिबद्दता व्यक्त गरे । उनले यस परियोजनामा चुनौती हरु रहेको बताउँदै फलदायी रुपमा सम्पन्न गर्न स्थानीय समुह,क्लब र सुरक्षा निकायले पनि मानवअधिकार संरक्षणमा काम गर्ने भएकाले सहकार्य गरेर अघि बढ्ने बताए ।

परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार समुह पनि गठन गरिएको छ । मुना हमालको अध्यक्षतामा ११ सदस्यीय समुह गठन गरिएको हो । जस्को सदस्य सचिवमा शिव डाँगी रहेका छन् ।

सदस्यहरुमा शान्तीप्रभा पुरी, शिशिर न्यौपाने, पन्छी गन्दर्भ, तोरण बुढाथोकी, ओम गिरी, भवानी बुढाथोकी, शान्त बहादुर थापा, बाल बादी, भिमा कवर रहेका छन् । यस्तै नगर भित्रका सबै वडाबाट प्रतिनिधित्व गर्ने गरि थप सदस्यता विस्तार गरि १७ सदस्यीय समुह बनाइने छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १७ गते आइतवार