• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

दाङमा रहेको महालक्ष्मी बिमा कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न


तेज बहादुर परियार । कार्तिक  १८, दाङ । बिमा कम्पनी महालक्ष्मी लाईफ ईन्सोरेन्सले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज घोराहीमा यस्तो कार्यक्रम गरेको हो ।

सिनियर एजेन्सी म्यानेजर लालचन्द्र बन्जाडेको अध्यक्षतामा भएको उत्त कार्यक्रममा बिमा के हो ?बिमा किन गर्ने ? आदि विषयमा जानकारी दिईएको थियोे ।

कार्यक्रममा मार्केटिङ प्रमुख प्रसान्त धमला , एजेन्सीका ५ नम्बर प्रदेश प्रमुख अर्जुन गिरी, दाङ र सल्यान शाखा प्रमुख कृष्ण प्रसाद पोखरेल, तुलसीपुर प्रमुख रोहिनी रिजाल बिमाको महत्त्व बारे बोलेका थिए ।

कार्यक्रमको सहजीकरण कृष्ण पोखरेलले गरेका थिए  ।

प्रकाशित मिति : २०७६ कार्तिक १८ गते सोमवार