• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सांसद बस्नेतद्वारा सल्यानमा एकैदिन बिजुली बत्ती र खेलकुद उद्घाटन


कार्तिक २०, सल्यान । सल्यानबाट निर्वाचित प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले मंगलबार एकैदिन दुइवटा कार्यक्रमकाे उद्घाटन गरेका छन् । बागचौर नगरपालिका -६ मा दाेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता र सिद्ध कुमाख गाउँपालिका -१ सतिपोले धानेटाकुरामा  ग्रामीण  विद्युत लाइन विस्तार कार्यक्रम उद्घाटन गरेका हुन् ।

बानपा -६ जामुनेचौरकाे सरस्वती माद्यामिक विद्यालयकाे खेल मैदानमा सुरु भएका खेलहरु आगामी बिहीबार सम्पन्न हुने छन् । वडाअध्यक्ष भूपेन्द्र राज वलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकी लगाएतकाे उपस्तिथी रहेकाे थियाे ।

प्रतियोगिता अन्तरगत वडाभित्रका टोल स्तरको महिला तथा पुरुष भलिवल, कपर्डी, हाईजम्प, लम्जम्प, १ सय मिटर दौँड, पन्ध्र सय मिटर दौड सञ्चालन गरिएको छ । यस्तै लोकदोहोरी प्रतियोगिता र खुल्ला सटफुट प्रतियोगिताको समेत आयोजना गरिएको छ । यस्तै प्राबि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

त्यस्तै सिद्ध कुमाखकाे सतिपोले धानेटाकुरामा वडा नम्बर १ का वडाअध्यक्ष राम बहादुर वस्नेतको अध्यक्षतामा भएकाे बिजुली बत्ती उद्घाटन कार्यक्रममा सांसद बस्नेत सहित गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउने लगाएतकाे उपस्थित रहेकाे थियाे । उक्त गाउँका करिब ४० घरधुरीहरुको घरमा बिजुली बलेको छ ।

४ वर्ष भित्रमा सबै बस्तीमा बत्ती पुग्छ : बस्नेत

कार्यक्रमलाइ संबाेधन गर्दै सांसद बस्नेतले आगामी ४ वर्ष भित्रमा सल्यानका सबै बस्तीहरुमा विजुली बत्ती पुग्ने बताए । उनले सरकारले विद्युत्त विस्तारको कामलाई प्राथामिकतामा राखेकाले अबको ४ बर्षमा पुरै सल्यान झिलिमिलि हुने बताए ।

उनले भने, ‘स्थानीय तहले अब विजुलीमा बजेट विनियोजन गर्नुपर्दैन्, अन्य बिकास निर्माणका क्षेत्रमा लगाएर काम थाले हुन्छ । विद्युतकाे काम केन्द्र सरकारले गर्छ ।’

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार