• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

बिजुली बत्ती उद्घाटन गर्न उर्जामन्त्री बर्षमान पुन सल्यान आउँदै


कार्तिक २०, सल्यान । बिजुली बत्ती उद्घाटन गर्न ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन आज बुधबार सल्यान आउन लागेका छन् । दार्मा गाउँपालिकामा जडान गरिएको बिजुली बत्तीको उद्घाटन गर्न मन्त्री पुन सल्यान आउन लागेका हुन् । गएकाे फागुन १० गते सितलपाटीमा ३३ केवी विद्युत लाइनकाे उद्घाटन गर्न सल्यान आएका मन्त्री पुन फेरि बिजुली बत्ती उद्घाटन गर्न सल्यान आउने भएका हुन् ।

याे पनिः  “ढुक्क हुनुहोस्, ३ बर्षभित्र सल्यान र रोल्पाका सबै वडामा विद्युत पुग्छ”- उर्जामन्त्री बर्षमान पुन

मन्त्री पुन सँगै संघीय प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाह लगाएतका बिशिष्ट ब्यक्तिहरु पनि दार्मा आउने कार्यक्रम रहेकाे गाउँपालिका अध्यक्ष निम बहादुर केसी ‘अरुण’ ले बताए । उनका अनुसार कार्यक्रम दिउँसाे २ बजे गाउँपालिकाकाे केन्द्र फारूलामा हुनेछ ।

विद्युतको पहुँचमा नपुगेकाे यस गाउपालिकामा स्थानिय सरकार र केन्द्र सरकारको बजेटबाट विद्युत विस्तारको काम तिव्र पारिको छ । अहिले गाँउपालिकाको मुकाम र अन्य सबै वडाहरुको मुकामसम्म विद्युत पर्याइएको गाउपालिकाले जनाएको छ । अब अन्य गाउँहरूमा पनि काम थालनी गरिने अध्यक्ष केसीले बताए ।

याे पनिः  सल्यानको कुमाख र दार्मा गाउँपालिकामा पहिलो पटक विजुली पुग्यो

अहिलेसम्म यहाँ विद्युत विस्तारको लागी पाैने ३ करोड रुपैँया खर्च भएकाे छ । केन्द्रिय सरकारको १ करोड ५२ लाख र गाउपालिकाको १ करोड १५ लाख रुपैँयाबाट बिद्युत विस्तारको काम थालनी गरिएकाे अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार