• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङ आएर लिपुलेक, महरा प्रकरण लगाएत ४ वटा विषयमा के-के भने प्रचण्डले ?


कार्तिक २०, दाङ । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विभिन्न विषयमा आफ्नाे धारण राखेका छन् ।  प्रेस संगठन दाङले बुधबार बिहान दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक आन्दोलनका विषयमा प्रस्तुत भएका हुन् ।

लिपुलेकबारे

‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको बताएका छन् । ‘भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य हुदैन् । यसबारेमा मैले पूर्ण रुपमा बुझन पाएको छैन । तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन ।’ उनले भने ‘ सीमाका विषयमा हामि कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं । ’

आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उनले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए ।

‘भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसंग यस विषयमा मैले स्पष्ट कुरा राखेको थिएँ । ’ उनले भने ‘तर भारतले फेरि पनि एकतर्फी हस्तक्षेप गरेको मान्य हुँदैन । सरकारले तत्काल यस विषयमा कुटनैतिक पहल गर्नेछ । ’

महराबारे

प्रचण्डले निर्वतमान सभामुख कृष्णबहादुर महराले नैतिक गल्ती गरेकाले सजायको छिनोफानो अदालतले गर्ने बताएका छन् । ‘यो विषय अदालतमा गएकाले राजनीतिक रुपमा धारणा राख्नु उचित होइन’, उनले भने, ‘उच्च आहोदामा पुगेको व्यक्तिबाट त्यस्तो गल्ती हुनुहुँदैनथ्यो ।’

महराका बारेमा सञ्चार माध्यमा समाचारहरु आएपछि आफूले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई भेटेर सोध्न पठाएको तर, त्यहाँ महराले सत्य कुरा नगरेपछि स्वयम आफू महरालाइ भेट्न पुगेको खुलासा गरे । तर, आफूसँगको भेटमा महराले सत्य कुरा नबताएको प्रचण्डले बताए ।

‘सत्य कुरा बताउनु भएन । उच्च ओहोदामा पुगेको व्यक्तिबाट यस्तो खालको जवाफ आउनु उहाँको पहिलो गल्ती नै त्यहीँ हो’, उनले भने, ‘महराको गल्ती क्रिमिनल होइन, नैतिक हो ।’

दाङ राजधानी हुन्छ

त्यसैगरी पत्रकार सम्मेलनमा बाेल्दै प्रचण्डले प्रदेश ५ को राजधानी दाङ नै हुने बताएका छन् । त्यसका लागि आफुले पहल गर्ने उनकाे भनाइ छ । प्रचण्डले राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने बताए ।

‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइकाे थिएँ र भोलि पनि गर्नेछु । ’

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’

दाङलाई नै प्रदेश ५ को केन्द्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको उनको भनाइ छ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

पूर्वराजालाइ मरेको बाघको संज्ञा  

पूर्वराजा प्रति संकेत गर्दै प्रचण्डले मरेको बाघको संज्ञा दिए । ‘मरेको बाघसँग किन झस्किनु’, उनले भने, ‘अन्तिम क्षणमा मसानघाटबाट हात खुट्टा फाल्ने मरेको बाघसँग किन झस्किनु ? म झस्किएको होइन ।’ प्रचण्डले सरकारले गरेको प्रदेश प्रमुखको नियुक्तिलाई स्वभाविक रहेको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार