• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

काठमाडाैं पुगेर कार्यक्रम गर्याे सल्यानी कला साहित्य परिषद्ले


कार्तिक २०, काठमाडाैं । सल्यान कला साहित्य परिषद्ले जिल्लामा विभिन्न समयमा विभिन्न साहित्य सम्बन्धी कार्यक्रम गर्दै आएकाे छ । कहिले गजल महफिल, कहिले जलमा गजल त कहिले खुल्ला रचण बाचन कार्यक्रम यसअघि सल्यान कला साहित्य परिषद्का टिमले आफ्नै आर्थिक खर्चमा सल्यान जिल्ला भित्र गर्दै आएका छन् ।

तर यसपटक भने उक्त परिषद्ले देशकाे राजधानी काठमाडाैंमा पनि साहित्यक कार्यक्रम सम्पन्न गरेकाे छ । सल्यान कला साहित्य परिषद्को आयोजना र आधुनिक साहित्य परिषद् काठमाडौँको सहजीकरणमा मंगलबार गोगंबु काठमाडौँमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका आकर्षक एकल गजल साझका नायक सल्यान कला साहित्य परिषद्का सस्थापक संयोजक लोकेश जलनले आफ्ना दर्जनौं गजल वाचन गरेका थिए । घण्टाैंसम्म भएकाे गजल बाचन कार्यक्रममा दुइ दर्जनबढी साहित्य अनुरागीकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्द्र कुमार नेपालकाे रहेकाे थियाे । उनले साहित्यमा साल्यानी साहित्यकारहरूले धेरै राम्राे काम गरेकाे बताए । सल्यानीहरू राजधानीमा आएर कार्यक्रम गर्नुले साहित्यमा अझ नयाँ आयम थपिएको उनले बताए ।

परिषद्का अध्यक्ष भरत रोकाय “एक्सन”काे सभाअध्यतामा भएकाे कार्यक्रममा सचिव तारादेव शर्मा, काेषअध्यक्ष जिवन जलन लगाएत सल्यानबाट काठमाडाैं भएका थिए ।

हेर्नुहाेस् उक्त कार्यक्रमकाे भिडियाे सहयात्री टिभीबाट


 

प्रकाशित मिति : २०७६ कार्तिक २० गते बुधवार