• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

कृष्णबहादुर महरा मेरो गुरु हुनुहुन्छ : मन्त्री पुन


कार्तिक २१, सल्यान । उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्री वर्षामान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महरा आफ्नो गुरु भएको बताएका छन् । यौ’न दुव्र्य’वहारको मुद्दामा कारागार चलान भएका महराको विषयमा आफ्नो नाम जोडिएको गलत भएको बताउदै मन्त्री पुनले महरा आफ्नो गुरु मात्रै भएको बताएका हुन् ।

नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले भने, ‘महरा ज्यू मेरै जिल्लाको र मेरै गुरु हुनुहन्छ, केहि संचार माध्यामले यस प्रकरणमा मेरो नाम जोडेका छन् । यो सरासर गलत हो ।’

महराको विषय अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न उचित समय नभएको उनले बताए । कुनै पनि घटनालाई अपराधिकरण र राजनीतिलाई अपराधीकरण गर्ने कुरा राम्रो नभएको उनको भनाई छ ।

‘अपराधिक घटनालाई अपराधिक ढंगले हेर्नुपर्छ’ उनले भने, ‘नेता भएकै कारण बनाएर जसरी पनि घटनालाई अपराधिकरण गरेर कार्बाही गर्ने कुरा स्वीकार्य हुदैन ।’

व्यक्तिगत रुपमा हेर्दा घटनलाई आवश्यक भन्दा बढि अपराधिक बनाउन खोजिएको उनको भनाई छ । उनले निवर्तमान सभामुखको विषय अदालतमा मुद्दा चलेसँगै ठूला र साना सवैलाई कानुन बराबर हुन्छ भन्ने तथ्य स्थापित भएको बताए ।

कालापानी हाम्रै हो

त्यस्तै उनले भारतले हालै जारी गरेको राजनीतिक नक्साको विषयमा आपत्ती जनाएका छन् । नेपाली भूमीलाई भारतले आफ्नो भूमी भनेको भन्दै उनले यसलाई सरकारले कुटनैतिक ढंगले समाधान गर्ने बताए ।

उनले सीमाका विषयमा कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा आफुहरु नभएको बताए का छन् । नेपाल अन्तर्राष्ट्रय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको उनको भनाई छ ।

प्रदेश ५ को राजधानीका विषयमा बोल्न मिल्दैन्

प्रदेश ५ को राजधानी कहाँ र कहिले हुन्छ भनेर पत्रकारहरुले सोधेको प्रश्नमा मन्त्री पुनले यसकोे जवाफ दिन नमिल्ने बताए । उनले भने, ‘म अहिले प्रदेश ६ मा आएको छु, त्यसैले प्रदेश ५ को विषयमा बोल्न मिल्दैन् । त्यसो गरियो भने विदेश गएर नेपालको विषयमा बोले जस्तै हुन्छ ।’

मदन भण्डारी राजमार्गले रोल्पा र सल्यानलाई छुन्छ 

मदन भण्डारी राजमार्गले रोल्पा र सल्यान जिल्लालाई छुने मन्त्री पुनले बताएका छन् । त्यसको लागी आफुले क्याबिनेटमै प्रधानमन्त्री सँग कुरा गरिसकेको रुलिङ पनि भैसकेको उनले बताए ।

तर रुलिङ हुँदा पनि फेरी अहिले रोल्पा सल्यान नभएर अन्य जिल्लाबाट जान लागेको हलला सुन्दा आफुलाई अचम्म लागेको उनले बताए । उनले भने, ‘बाहिर अन्तै भनेर हल्ला गरेपनि हामीले जसरी पनि यही जिल्ला भएर आउछ । त्यसको लागी तपाईहरु पनि आवाज उठाउनु होला ।’

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार