• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

मानवअधिकार समुह सल्यानको बैठक सम्पन्न



कार्तिक २१, सल्यान । मानवअधिकार समुह सल्यानको बैठक शारदा नगरपालिकाको खलंगामा बुबिहीबार सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शुरु गरेको स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ सचेत बनाउने (इपीएल) परियोजना अन्तरगत मानवअधिकार समुहको बैठक समुहका अध्यक्ष मुना हमालको अध्यक्षतामा सम्पन्न  भएको हो ।

बैठकमा मानअधिकार समुहको आचारसंहिता सम्बन्धी छलफल गरिएको अध्यक्ष हमालले बताइन् । उनले नगरभित्र रहेको शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासका बारेमा समस्या पहिचान गरि सम्न्धित निकायसम्म पुर्याउने बारे कार्ययोजना बनाउने अध्यक्ष हमालले बताइन् ।

अध्यक्ष हमालले सम्बन्धित अधिकारका विषयमा यस समुहले सक्रिय भएर लाग्ने बताइन् । यस्तै बैठकमा परियोजनाबारे अभिमुखीकरण गरिएको र आगामी दिनमा इएलपी परियोजनाका कार्यक्रमहरु तीव्र रुपमा संचालन गर्न सबै सदस्यले प्रतिवद्दता जनाएको सदस्य सचिव शिव डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार