• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

चुनाब जितेपछि भ्रष्टाचार निर्मुल पार्छु : आचार्य


पूर्ण के.सी. कार्तिक २१, दाङ । नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ का उम्मेदवार केशब आचार्यले आफुले चुनाब जितेपछि भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता जनाएका छन् ।

उम्मेदवार दर्ता भएपछि पत्रकारहरुसंग कुरा गर्दै उनले अहिले मुलुकमा ब्याप्त भ्रष्टाचार भएको भन्दै त्यस्को निर्मुल पार्ने बताए । साथै उनले दाङ आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने समेत बताए ।

उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का छन । आचार्य काग्रेसका पुराना नेता मानिन्छन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार