• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङबाट प्रदेशसभाकाे लागी १४ जनाकाे उम्मेदवारी दर्ता


कार्तिक २१, दाङ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ बाट १२ वटा राजनीतिक दल र दुई स्वतन्त्र गरी १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शक्ति प्रदर्शनसहित गरिएको उम्मेदवारी दर्ताका दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला ओली, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका केशव आचार्यसहित १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की विमला ओलीले पूर्वसभामुख तथा पार्टीका पाँच नम्बर प्रदेश अध्यक्ष ओनसरी घर्ती, पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल लगायतका नेता/कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएकी थिइन् ।

नेपाली कांग्रेसबाट केशव आचार्यले पनि नेता/कार्यकर्ता, समर्थक र जुलुससहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका थिए ।

यी हुन् दाङमा भिड्ने १४ उम्मेदवार

१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा): बिमला कुमारी खत्री (वली)

२, नेपाली कांग्रेस: केशव आचार्य

३, राष्ट्रिय जनमुक्ति पार्टी: धनराज सुनार

 

४, नेपाल मजदूर किसान पार्टी: सुरेश परियार

५, राप्रपा (संयुक्त): छोटीलाल थारु

६, नेकपा (माले): हरिप्रसाद डाँगी

७, समाजवादी पार्टी: डिल्लीबहादुर डाँगी

८, राप्रपा: भूपाल रावत

९, मंगोलन नेशनल पार्टी: घनश्याम चौधरी

१०, स्वतन्त्र: गोविन्द केसी

११, स्वतन्त्र: टीकाराम आचार्य

१२, नेपाल लोकतान्त्रिक पार्टी: टीकाराम आचार्य

१३, साझा पार्टी: झरेन्द्रबहादुर खत्री

१४, नेपाली कांग्रेस (वीपी): शिवकुमार चौधरी

राष्ट्रिय जनमोर्चाले नेकपाकी उम्मेदवार विमला ओलीलाई सघाउने

राष्ट्रिय जनमोर्चाले नेकपाकी उम्मेदवार विमला ओलीलाई सघाउने भएको छ । राष्ट्रियस्तरमा भएको सहमतिअनुसार उम्मेदवारी दर्ता नगरेको जनमोर्चाले जनाएको छ । दाङ क्षेत्र नं. ३ (ख)मा अघिल्लो चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उत्तरकुमार ओली विजयी भएका थिए । उनको सडक दुर्घटनामा परी मृत्यु भएकाले यहाँ उपनिर्वाचन हुन थालेको हो । विमला वली उत्तरकुमार ओलीकी धर्मपत्नी हुन् ।

श्रीमानको सपना पूरा गर्न मेरो उम्मेदवारी

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट उम्मेदवार बिमला ओलीले स्व.उत्तर कुमार ओलीले देखेका सपना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताइन् ।उनले स्व. ओलीले पश्चिम दाङलाई समृद्ध बनाउने सपना बोकेको भन्दै अब उनको निधन पछि ति सपना पूरा गर्न पार्टीले आफुलाई जिम्मा दिएको समेत बताईन् ।

‘अहिले म एउटा असल नेताको जीवन साथि मात्रै नभई , मेरो श्रीमानले देखेका सपना पूरा गर्ने जिम्मा पार्टीले मलाई दिएको छ’ उनले भनिन्‘ अब म ति योजना पूरा गरेर श्रीमानको सपना साकार पार्न चहान्छु ।’

भ्रष्टाचार निर्मुल पार्छु

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार केशब आचार्यले आफुले चुनाबमा जितेपछि भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता जनाएका छन् । उनले अहिले मुलुकमा ब्याप्त भ्रष्टाचार भएको भन्दै त्यस्को निर्मुल पार्ने बताए । साथै उनले दाङ आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने समेत बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार