• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे मेहन्द्र रत्न माविमा बाल क्लब गठन


कार्तिक २१, सल्यान । सल्यानको शारदा नगरपालिका – ११ मा रहेको मेहन्द्र रत्न माविमा बाल अधिकार चेतना समुह गठन गरिएको छ । अमृता कुमारी बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय समुह गठन गरिएको परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले बताए ।  समुहको उपाध्यक्षमा निर्मला केसी,सचिव राधिका कवर, कोषध्यक्ष हिरा कवरर सह सचिवमा सुरेश परियार रहेका छन् ।

यस्तै सदस्यहरुमा मनोज कवर,गणेशी कवर, सनिता कवर,राधिका थापा,पुर्ण बहादुर कवर,शुशिला केसी,नविन बुढाथोकी र रविना नेपाली रहेका छन् ।  परियोजना अन्तरगत बाल अधिकार सुनिश्चितका लागी जिम्मेवार निकायलाइ जवाफदेही बनाउन र बाल अधिकार सम्बन्धी विभिन्न क्रियाकलाप संचालन गर्न समुह गठन गरिएको छ ।

बिहीबार सम्पन्न भएको कार्यक्रममा राष्ट्रीय मानवअधिकार आयोगका कर्णाली प्रदेश प्रमुख रमेश थापाले परियोजनाले संचालन गर्न लागको कामको प्रशंसा गरे । उनले बालबालिकाहरु आप्mनै हक अधिकारका लागी आपैm जुट्न आग्रह गरे । यस्तै ११ नम्बर वडा अध्यक्ष रामसिंह बुढाथोकीले बालबालिकाको क्षेत्रमा बाल क्लबले महत्वपुर्ण योगदान पुर्याउने बताए ।

 

प्रकाशित मिति : २०७६ कार्तिक २१ गते बिहिवार