• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

एउटै व्यक्तिको कानभित्रबाट दर्जन साङ्लो निकालेपछि…


कार्तिक २२, काठमाडाैं । कहिलेकाहीँ हाम्रो जीवनमा केही यस्ता घटना घट्ने गर्दछन् जसको बारेमा हामी कल्पना पनि गर्न सक्दैनौँ । यस्तै घटना चीनको गुआंगडोंग प्रान्तका २४ वर्षीय युवकको जीवनमा घटेको छ ।

खासगरी युवकको कानमा अत्यधिक पिडा भइरहेको थियो । त्यसपछि उनी डाक्टरकोमा पुगे । जब डाक्टरहरुले उनको कानको जाँच गरे तब कानभित्रको अवस्था देखेर डाक्टर छक्क परे ।

युवकको नाम लव बताइएको छ । मिडिया रिपोर्ट अनुसार केही दिन पहिले बिहान–बिहान लवको दाहिने कानमा भयानक पिडा हुने गथ्र्यो । उनलाई लागेको थियो की कानभित्र केही चलिरहेको छ ।

असह्य पिडा भएपछि उनी डाक्टरको मा पुगे र डाक्टरहरुले चेकजाँच पछि उनको कानभित्र साङ्लो को एक परिवार नै भेटे । डाक्टरहरुले लवको कानबाट १० भन्दा बढी साना साङ्ला निकाले ।

यसका अलावा डाक्टरहरुले एक ठूलो साङ्लो पनि निकाले जसको अनुमान ती साना साङ्लाको माउ रहेको भनी लगाइएको छ ।

यद्यपी कानमा कसरी ती साङ्लाहरु पसे भनेर पत्ता लगाउन सकिएको छैन र कहिलेबाट उनको कानमा साङ्ला रहेका थिए भन्ने पनि अन्यौल नै रहेको छ । साङ्लाले लवको कानको भित्री नलीलाई एकदमै नोक्शान पुर्याएका छन् ।

-एजेन्सी 

प्रकाशित मिति : २०७६ कार्तिक २२ गते शुक्रवार