• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान कालिमाटीकाे साैन्दर्यता (फाेटाे फिचर)


कार्तिक २३, सल्यान । कालिमाटी गाउँपालिका सल्यान जिल्लाकाे दक्षिण पश्चिम क्षेत्रमा पर्दछ । सुर्खेत, बाँके बर्दिया र दाङ जिल्लासँगकाे सिमाना जाेडिएकाे कालिमाटी सल्यानकाे प्रमुख नदि शारदा र दाङबाट आउने बबइ नदिसँग जाेडिएकाे छ ।

भौगोलिक हिसाबले पहाड र समथर बेशी भएकाे कालिमाटी गाउँपालिका साविकका कालिमाटी काल्चे, कालिमाटी रामपुर, काप्रेचाैर र लक्ष्मिपुर गाविस मिलेर बनेकाे छ । अध्याधिक अब्जाउ जमिन भएकाे कालिमाटीमा सिचाँइकाे लागि प्रसस्त पानी रहेकाे छ ।

कालिमाटी गाउँपालिमा सालघारी जंगल, कालिमाटी गंगमाला मन्दिर, कछुवा दह, शारदा र बबइ नदि लगाएतले भरिपुर्ण छ । ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको कालिमाटी गाउँपालिका को नामकरण यस भागकै प्रसिद्द कालिमाटी गंगमाला भगवतीको नामबाट रहन गएको हो |

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार