शूटिङका क्रममा हिराे घाइते


कात्तिक २३,काठमाडौं । रोहित शेट्टीको आगामी चलचित्र ‘सूर्यवंशी’को शूटिङको समयमा अक्षय कुमार घाइते भएका थिए ।

एक सीनमा काम गर्दैगर्दा अक्षयको हातमा चोट लागेको थियो । उपचारपछि उनी पुनः शूटिङमा फर्किएका छन् ।

अहिले ‘सूर्यवंशी’को शूटिङ धमाधम भइरहेको छ । चलचित्रमा कटरीना कैफको मूख्य भूमिका रहनेछ भने रणवीर सि)ह र अजय देवगन पनि रहनेछन् । आगामी मार्च २७ मा चलचित्र प्रदर्शन हुने बताइएको छ ।

सूर्यवंशीमा अक्षय कुमारले प्रहरीको भूमिका निभाएका छन् । जसको सीन शूटिङ गर्दा उनी घाइते भएका हुन् । उनको बायाँ हातमा नसामा असर गरेको थियो । उपचार पछि उनले पुनः शूटिङ शुरू गरेका हुन् ।

चर्चित निर्माता रोहित शेट्टी र करण जौहरको निर्माणमा रहेको यो चलचित्रका सीनहरू बैंकक, हैदरावाद र मुम्बईको भएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार