• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

दाङकाे देउखुरीमा एक महिला ८ दिनपछि मृत अवस्थामा फेला


ओमप्रकाश गुप्ता / कार्तिक २४, देउखुरी । दाङ देउखुरीकोमा गत कार्तिक १६ गते देखि हराइरहेकी एक महिला ८ दिन पछि शनिवार बेलुका मृ’त अवस्थामा फेला परेकी छिन् ।

राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँमा बस्दै आएकी ३७ वर्षिय शान्ति तामाङ नाम गरेकी महिला शनिवार बेलुका ४ बजेको समयमा शंकर सामुदायिक वनमा खयरको रुखमा झुण्डिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनको घोराहीमा पोष्टमार्टम गरिएको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

गत कार्तिक १६ गते तामाङकी श्रीमानले बिहान समुहको बैठकमा पठाएको र त्यही दिन देखि नै उनी परिवारको सम्पर्कमा नआएपछि कार्तिक १८ गते प्रहरी चौकी सिसहनियाँमा निवेदन दर्ता गराए थिए । रुखमा झुण्डिएकाे कारण भने खुल्न सकेको छैन्

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार