• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

लमहीमा देउखुरी कुखुरा पालक संघ गठन


ओमप्रकाश गुप्ता/ कार्तिक २४, लमही । दाङ देउखुरीको लमहीमा शनिवार कुखुरा पालक किसानहरूको भेला सम्पन्न भएको छ ।

देउखुरी कुखुरा पालक संघका संस्थापक अध्यक्ष खगेश्वर खनालको अध्यक्षमा भएको भेलाले अर्जुन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय देउखुरी कुखुरा पालक संघ गठन गरेको छ । नव गठित संघको उपाध्यक्षमा दुर्गी सार्की, सचिवमा पहलमान चौधरी, सहसचिवमा प्रकाश पोख्रेल, कोषाध्यक्षमा जिवराज भट्टराई रहेका छन् ।

त्यस्तै सदस्यहरूमा बालाराम कुमाल, मदनबहादुर कुमाल, टेकबहादुर पुन, धनबहादुर केसी, तिलक परियार र विष्णु अधिकारी रहेका छन् ।

साथै नव गठित कृषक संघको शनिवार नै बसेको बैठकले देउखुरी क्षेत्रमा आइतवार देखि लागु हुने गरि बोइलर कुखुराको नयाँ मुल्य दर कायम गरेको छ । जस अनुसार जिउदो कुखुरा थोक मुल्य १७० र फ्रेस मासु २७० रूपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार