• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

पश्चिम दाङमा चुनावको माहोल तातिदै, घरघरमा पुग्दै उमेदवार


कार्तिक २४, दाङ । मसिर १४ नजिकीए संगै गाउँ गाउमा चुनावी माहाेल तातेको छ ।

दाङ क्षेत्र न ३ खमा हुन गैरहेकाे निर्बाचनमा अा अाफ्नाे पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली काङ्ग्रेसले पुराना ,त्यागी र जनअान्दाेलनमा महत्त्वपूर्ण भुमिका खेलेका नेता केशब अाचार्यलाई उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तहर तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा हाेमिएका छन ।

यस पटकको निर्बाचनमा काङ्ग्रेसको बिजय शुनिश्चित छ हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छाै काङ्ग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले भन्नुभयो ”
सभापति किर्तिबहादुर खड्काले भन्नुभयो नेपाली काङ्ग्रेसले “पश्चिम दाङले यस पटक पाकाे, मेहनति र बिकासकाे भिजन सहित गाउँ गाउमा भिजेको नेतालाई उम्मेदवार बनाएको छ यस पटक हाम्रो जित सुनिश्चित छ ।

यता अाईतबार नेपाली काङ्ग्रेसले पश्चिम दाङको शान्ति नगर गाउपालिका स्थित जुम्लेकुला र एकलिमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सप्पन्न गरेको छ ।
साे अबसरमा बाेल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार केशब अाचार्यले अाफु लामाे राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्नु सबैमा आह्वान गर्नुभयो ।
उहाले भन्नुभयाे म कुरा भन्दा काम गरेर देखाउन अातुर छु मलाई नेपाली काङ्ग्रेस मात्रै हैन अन्य ठुला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भाेट दिन अातुर हुनुहुन्छ ”

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव पुर्ब मन्त्री दिपक गिरिले दुई तिहाईकाे सरकार अब केही समयमै छिन्न भिन्न हुन लागेको बताउनुभयो ।

नेता गिरिले भन्नुभयो “जनतालाई ठुलाे सपना देखाएर भाेट माग्ने तर सरकारमा गैसकेपछि नातागोता र कार्यकर्ता लाई मात्रै भरण पाेषण गर्ने नियत अब नेपाली जनताले राम्रोसँग बुझिसकेका छन ।
साे अबसरमा नेता गिरिले काङ्ग्रेसका पालामा पश्चिम दाङको सिचाइ ,बाटो,नहर ,पुल पुलेसा र समग्रमा बिकासको बहार ल्याएको दाबी गर्दै बिकास निर्माणका कार्य जनताको जीवन स्तरमा परिवर्तनको अनुभुति गराउन नेपाली काङ्ग्रेसले जित्नै पर्ने धारणा राख्नु भयो ।
साे अबसरमा काङ्ग्रेस दाङका पुर्व सभापति घनश्याम रेग्मी, क्षेत्रिय सभापति जगत बहादुर खड्का, महासमिती सदस्य खिम प्रसाद खराल लगायतले सम्बाेधन गर्नुभएको थियोे ।

साे अबसरमा दाङ काङ्ग्रेसका सबै नेता,नेबिसङघ,तरुणदल,प्रेस युनियन,लगायत दर्जनबढि भातृ सङगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेकाे थियोे । साे अबसरमा विभिन्न पार्टी परित्याग गरि तीन दुर्जन युवा तथा स्थानीय किसानहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका थिय उनिहरुलाई केन्द्रीय सदस्य गिरिले टीका अबिर लगायर स्वागत गर्नुभएको थियो ।

ईकाई सभापति चेतबहादुर डागिकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण सचिब चुडामणिा ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार