जलवायु अनुकुलन योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न


कार्तिक २४, सल्यान । दलित सेवा संघ सल्यानको आयोजना विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालित विभेदमा पारिएका समुदायको जीवीको पार्जन सुधार परियोजना अन्तरर्गत गठित दलित सरस्वती पशुपालन समुह र परिवर्तनशिल पशुपालन समुहको ओख्रेनी र माथीगाउको जलवायु अनुकुलन योजना तर्जुमा कार्यशाला गोष्ठी शनिबार शारदा नगरपालिका ७ माथीगाउको कजेरी स्वास्थ्य चौकीको तालिम हलमा सम्पन्न भएको छ ।

दलित सरस्वती पशुपालन समुहको अध्यक्ष प्रेमी कुमारी विकको अध्यक्षता तथा शारदा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष लिला बहादुर रोकाको प्रमुख आथिती रहेको कार्यक्रममा कजेरी स्वास्थ्य चौकी प्रमुख राजु विक, दलित सेवा संघ सल्यान लाईसेक परियाोजना संयोजक यज्ञ कुमार विक, वडा सदस्यहरु रेमन्त थापा, विना रोका, महिला स्वास्थ्य स्वय सेवीका चन्द्रा बोहरा, केवली खडका अगुवा कृषक नन्द राम रेउले को बिषेश उपस्थिती रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष लिला बहादुर रोकाले जलवायु परिवर्तन र त्यसको प्रभाव न्युनिकरण गर्नको लागी ब्यक्ति परिवार, समुदायले आफ्नो आनीबानीमा सुधार गर्नु पर्ने बताए ।

३ दिन सम्म सञ्चालन भएको कार्यक्रममा जलवायु परिवर्तनको, असर, प्रभाव र अनुकुलनका उपाय तथा योजना तर्जुमा सम्बन्धी संस्थाका परियोजना संयोजम यज्ञ कुमार विक, कृषि जेटिए अमृता विक र समाजिक परिचालन अधिकृत भिम बहादुर परियारले सहजीकरण गरेका थिए । उक्त गोष्ठीमा स्थानिय जनप्रतिनिधी, अगुवा कृषक, महिला स्वास्थ्य स्वयसेवीका समुदायिक वनका प्रमुख, स्वास्थ्य चौकी प्रमुख गरी ३५ जनाको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक २४ गते आइतवार