• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

गोविन्द केसीलाई लिन हेलिकोप्टर आइपुग्यो डडेल्धुरा


कात्तिक २५,डडेल्धुरा । आठ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीलाई लिन हेलिकोप्टर डडेल्धुरा पुगेको छ।  स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

त्यसका लागि हेलिकोप्टर डडेल्धुरा पुगेकाे हाे। अहिले हेलिकोप्टर सैनिक ब्यारेकमा राखिएकाे छ।

केसीलाई काठमाडौं लैजाने तयारी भएपछि डडेल्धुरामा आन्दोलन भइरहेको छ। नागरिक समाज डडेल्धुराले डडेल्धुरा बन्दको आयोजना गरेको छ। बन्दका कारण डडेल्धुरा, डोटी बैतडीलगायतका सात पहाडी जिल्लामा जाने यातायत ठप्प छ।

आठ दिनदेखि अनशनरत डाक्टर केसीले विभिन्न माग राख्दै कार्तिक १८ देखि डडेल्धुरा पुगेर अनशन थालेका थिए।

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार