नेपाली भुमि मिचेकाे प्रति दुतावासमा ज्ञापनपत्र बुझाउन जाँदा काठमाडाैंबाट २ जना पक्राउ


कार्तिक २५, काठमाडाैं । नेपालकाे भुमिलाइ भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेकोप्रति ध्यानाकर्षन गराउन नेपाल स्थित भारतीय दुतावासमा पुगेका २ जनालाइ नेपाल प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङ र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष  टीका कँडेल रहेका छन् ।

ज्ञापनपत्र बुझाउन लैनचाैर स्थित दुतावास जाँदै गरेका उनिहरूलाइ घण्टाघरबाट प्रहरीले पक्राउ गरेकाे हाे । विप्लव निकट जनवर्गीय संगठनहरूले र्यालीसहित आज भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरेकाे थियाे । तर प्रहरीले र्याली अगाडि नै प्रहरीले धरपकड गरेकाे हाे ।

हिजाे उक्त पार्टीमा जनवर्गीय संगठनहरूले देशैभरी माेदिकाे पुत्ला दहन सँगै भारतकाे नयाँ नक्सा जलाएका थिए । साे क्रममा प्रहरीले ४२ जनलाइ पक्राउ गरेकाे छ ।

यसैबीच भारतीय नक्साकाे विरोधमा प्रदर्शन गर्नेलाई नेपाल प्रहरीले सार्वजनिक मुद्दा लगाउने तयारी गरेको छ । भारतीय नक्सा विरुद्ध गर्दा आइतबार  पक्राउ परेका एक दर्जनबढी विप्लव नेकपा निकट विद्यार्थीलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा लगाउने तयारी गरेको हो ।

त्यसैक्रममा आइतबार आयोजित प्रदर्शनमा हस्तक्षेप गरि प्रहरीले दर्जनौ बिद्यिार्थी नेता कार्यकर्तालाई गिरफ्तार गरेकोप्रति अखिल (क्रान्तिकारी)ले भत्र्सना गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी)का अध्यक्ष चीरन्जीवी ढकालले आइतबार साझँ एक विज्ञप्ति जारी गरी भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा पारे पछि त्यसको विरुद्ध प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि लाठी चार्ज गर्नुका साथै धरपकड र गिराफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

माईतीघरको बिरोध कार्यक्रमबाट कार्यक्रमबाट गिरप्तार हुनु संगठनका नेता कार्यकर्ताहरुमा प्रभाग भट्टराई, गोविन्द विष्ट, संग्राम शाही, रोशन शाही, डम्वर विक, पारश तिरुवा, सुरज लामिछाने, नविन विष्ट, हस्त विक, छत्र विक, दयाराम लुहार, पुर्णचन्द्र खड्का, सुवास महत, रन्जन लिम्वु, सुरज कोईराला, प्रितम गुरुङ्ग, हरि विष्ट (उदयपुर), दिपक केसी, अनिल श्रेष्ठ, मेगेन्द्र न्यौपाने, सुजन सापकोटा, राजेश यादव लगायतका ४२ जना रहेको ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै सो कार्यक्रममा सवोधन गर्न पुगेका गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र्र निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमााझीलाई पनि पक्राउ गरिएको भन्दै विना शर्त सबैलाई रिहा गर्न अध्यक्ष ढकालले माग गरेका छन् ।

विज्ञप्तिमा “भारतीय साम्राज्यवादसामु आत्मसमपर्ण गर्ने, देशको स्वाधिनता र भौगोलिक अखण्डतामाथी विदेशीले नाङ्गो हस्तक्षेप गर्दा रक्षा गर्न नसक्ने नालायक राष्ट्रघाती दलाल सरकारले भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा हाम्रो देशको ३७४ वर्ग किमी सिमाना मिचेको विरोधमा उत्रिएका युवा विद्यार्थीमाथी गरेको यस प्रकारको निर्मम दमनले यो सरकारको नक्कली राष्ट्रवादी मुकण्डो उत्रिएको छ र यो फाँसिवादी सरकार विदेशीको दलाल भएको र भारतीय साम्र्राज्यवादसँग यसको घाँटी जोडीएको प्रष्ट भएको छ ।

राष्ट्रघातीहरूको दलाल पुँजीवादी संसदिय व्यवस्था र शासनको अन्त्य नै असली अर्थमा नेपालको राष्ट्रियता र सिमानाको रक्षाको सुरुवात हुने विषय पनि यो घटनाले प्रमाणीत गरेको छ ।“

नेपालको राष्ट्रियता र सीमानाको रक्षा गर्नुपर्ने यो समयमा फाँसिवादी एवं राष्ट्रघाती सरकारको दमनको प्रवाह नगरि आन्दोलनमा उत्रन पनि अखिल क्रान्तिकारीले आव्हान गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार