• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

भारतीय नक्सा विरुद्ध प्रदर्शनकाे भिडियाे खिचेकाे भन्दै पत्रकार बराल पक्राउ


कार्तिक २५, काठमाडाैं । भारतले सिमा मिचेकाे विराेध प्रदर्शनकाे भिडियाे खिचेकाे भन्दै प्रहरीले पत्रकार शाेभराज बराललाइ पक्राउ गरेकाे छ । विराेध प्रदर्शनकाे समाचार संकलन गर्न घण्टाघर पुगेका माेटिभेट न्यूज डटकमका सम्पादक बराललाई प्रहरीले भिडियाे खिचेकाे भन्दै आज दिउँसो पक्राउ गरेकाे हाे ।

उनलाइ अहिले दरबार मार्ग प्रहरीमा राखिएकाे छ । प्रेस स्वतन्त्रता विराेधी गतिविधि राेक्न र निर्वाध रूपमा समाचार संकलनकाे सुनिश्चिता गर्न जनपत्रकार संगठन नेपालका महासचिव हिम विष्टले सरकारसँग माग गरेका छन् ।

भारतले सिमा मिचेकाे भन्दै प्रदर्शन गर्दा प्रहरीले हिजाे र आजमात्रै काठमाडाैंबाट चार दर्जनभन्दा बढी पक्राउ गरेकाे छ ।

याे पनिः नेपाली भुमि मिचेकाे प्रति दुतावासमा ज्ञापनपत्र बुझाउन जाँदा काठमाडाैंबाट २ जना पक्राउ

याे पनिः ओली सरकारको लाजमर्दो हर्कत, भारतको विरोध गर्नेलाई सार्वजनिक मुद्दा लगाउने प्रहरीको तयारी

याे पनिः भारतीय नक्साको विरोधमा प्रदर्शन गर्दा काठमाडौंबाट १२ जना पक्राउ

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार