• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

गोरखा स्कुल तुलसीपुरमा इन्ट्रयाक्ट क्लब पुनर्गठन


कार्तिक २५, दाङ। रोटरी क्लब अफ तुलसीपुर सिटीले गोरखा स्कुल तुलसीपुरमा कृष्ण गौतमको अध्यक्षतामा ३५ सदस्यीय इन्ट्रयाक्ट क्लब गठन गरेको छ । क्लबको उपाध्यक्षमा जीवन बुढा मगर, सचिबमा माईकल न्यौपाने, कोषाध्यक्षमा दिनेश केसी र सहसचिवमा प्रमोद अधिकारी चयन भएका छन् ।

कार्यक्रम रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष देव बहादुर केसीको अध्यक्षता एवं गोरखा स्कुलका प्राचार्य बिजय जिएमको प्रमुख आतिथ्यतामा भएको थियो । क्लबका उपाध्यक्ष बिनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी जिएमले नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना दिंदै सामाजिक कार्यमा सधै सक्रिय भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तुफानबावु श्रेष्ठले इन्ट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए । सो अबसरमा क्लबका पूर्व अध्यक्ष बिमल रिजालले रोटरी क्लबको साझेदार संस्था इन्ट्रयाक्ट क्लबमा आबद्ध सम्पूर्ण विध्यार्थी भाईबहिनिहरुले आफ्नो पढाईको साथसाथै समाजको आवश्यकता बोध गरेर निरन्तर सामाजिक कार्यमा लाग्दै समाजको नमुना क्लबको रुपमा आफुलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

नवगठित इन्ट्रयाक्ट क्लबका अध्यक्ष लगायत पदाधिकारीहरुलाई रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल-भुटानका पूर्व असिष्टेन्ट गभर्नर कुशल तर्तालले शपथ ग्रहण गराएका थिए । क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष बिजय केसी, सहसचिब दुर्गा बहादुर केसी लगायतको उपस्तिथी रहेको कार्यक्रमको सहजीकरण सचिब सन्दिपन रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार