• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

घरघरमा पुगेर भोट माग्दै काङ्ग्रेस उमेदवार आचार्य


कार्तिक २५, दाङ । दाङमा चुनावी माहोल तातीएको छ । मसिर १४ गते हुन गैरहेकाे उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी चहलपहल बढन थालेकाे छ ।

दाङ क्षेत्र न ३ खमा हुन गैरहेकाे निर्बाचनमा आआफ्नाे पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ ।
निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली काङ्ग्रेसले केशब आचार्यलाई उम्मेदवार बनाएको छ ।

“यस पटकको निर्बाचनमा काङ्ग्रेसको बिजय शुनिश्चित छ हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छाै ।” काङ्ग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले भने ।

र केशब आचार्यले आफु लामाे राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्न आग्रह गरे । उनले भने, “म कुरा भन्दा काम गरेर देखाउन अातुर छु मलाई नेपाली काङ्ग्रेस मात्रै हैन अन्य ठुला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भाेट दिन आतुर हुनुहुन्छ ।”

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव पुर्ब मन्त्री दिपक गिरिले दुई तिहाईकाे सरकार अब धेरै समय नटिक्ने बताए ।
नेता गिरिले भने, “जनतालाई ठुलाे सपना देखाएर भाेट माग्ने तर सरकारमा गैसकेपछि गाउ फर्केर कहिल्यै नआउने नेताहरु संग समयमै सचेत रहनुहोस् ।”

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार