नवीन पौडेल / कार्तिक २५, सल्यान । सामाजिक सुरक्षा भत्ता ब्यबस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गरेको छ। सल्यानको छत्रेश्वरी गाउँपालिकाले भत्ताको पारदर्शीता र दुरुपयोग हुनबाट जोगाउन बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गरेको हो।
जिल्लाका १० स्थानीय तह मध्य छत्रेश्वरी र त्रीवेणी गाउपालिकाले मात्र बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गरेका छन। झन्झटिलो भन्दै अन्य स्थानिय तहहरुले भत्ता बाफतको नगत हातैमा बुझाउने गरेका पाइएको छ।
गाउँपालिका बाट प्रदान गरिने ७ प्रकारका सामाजिक सुरक्षा भत्ता कार्यालयले गत आर्थिक बर्षको तेस्रो चौमासिक र चालू आर्थिक बर्षको पहिलो चौमासिक बैंकिङ प्रणाली मार्फत बितरण गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले चौमासिक रुपमा सातै वडाका जेष्ठ नागरिक अन्य ७० बर्षपुगेकालाई १२ हजार,जेष्ठ नागरिक दलित ६० बर्ष ८ हजार, बिधुवा महिला ८ हजार, एकल महिला ६० बर्ष ८ हजार, पुर्ण अपांग (क) बर्ग १२ हजार आङ्सिक अपांग (ख)बर्ग ६ हजार ४ सय र दलित बालबालिका ५ बर्ष मुनि १ हजार ६ सय रुपैया सामाजिक सुरक्षा भत्ता मार्फत बितरण गर्ने गरेको सुचना प्राविधि अधिकृत सालिकराम पौडेलले बताएका छन।
गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकसग गाउँपालिकाले सहकार्य गरि भत्ता बितरण गर्दै आएको छ। जेष्ठ नगरिक र अपांग हरुलाई सहज होस भन्ने उद्देश्यका साथ बैंक र गाउँपालिकाको सहकार्यमा प्रत्येक वडामा बैंकको खाता खोल्ने सिविर संचालन गरिएको थियो।
भत्ताको लागि सेवाग्राहीले सम्बन्धित वडा कार्यालयमा निबेदन दिइसकेपछि वडा कार्यालयले भत्ताखाने योग्य छ छैन भनेर छानबिन गरेर योग्यलाई गाउँपालिकामा सिफारिस गर्ने र सम्बन्धित ब्यक्तीले बैंकमा खाता खोलिसकेपछि गाउँपालिकाले अनलाइन प्रनालिमा उनिहरुको नाम समाबेस गरेपछि मात्र उनिहरुले भत्ता पाउने सूचना प्रबिधी अधिकृत पौडेलले बताए।
गाउँपालिकाले बार्षिक करिब १ करोड ४६ लाख रुपैया सामाजिक सुरक्षा भता मार्फत बितरण गर्दै आएको छ। प्रत्येक चौमासिकको अन्त्यसम्म गाउँपालिका कार्यालयले सम्बन्धित ब्यक्तिको खातामा रकम जम्मा गर्दै आएको छ।
उक्त रकम सम्बन्धित ब्यक्तिले जुनसुकैबेला झिक्न सक्ने नेपाल इन्भेस्टमेन्ट बैंक लान्ती शाखाले जनाएको छ।
बैंकिङ प्रणाली मार्फत भत्ता बितरण कार्यले सम्बन्धित ब्यक्तिले भत्ता उपयोग गर्न पाएका छन।हातमा भत्ता बितरणगर्दा सम्बन्धित ब्यक्तिले भत्ता बुझ्न नपाउने र अर्कै ब्यक्ती वा उनका घरपरिवारले भत्ता बुझ्ने गरेको उदाहरण धेरै भएका कारण गाउपालिकाले बैंकिङ प्रणाली अपनाएको बताएको छ।सामाजिक सुरक्षा भत्ता ब्यबस्थित गर्न गाउँपालिकाले बैंकिङ प्रणाली मार्फत भत्ता बितरण गरेको छ।
बैंकिङ प्रणाली मार्फत भत्ता बितरण भएपछी सेवाग्राही हरुपनि खुशी भएका छन।हामिलाई गाउँपालिकाले उपलब्ध बनाएको भत्ता हामी आफैले बुझ्नपाउदा पैशा बचत सङै आफुहरु निकै खुशी भएको उनिहरुले बताएका छन।
सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई थप प्रभाबकारी बनाउने प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन।उक्त कार्यलाई थप पारदर्शी र ब्यबस्थित बनाउन सामाजिक सुरक्षा शाखामा थप श्रोत साधन र जनसक्तीको ब्यबस्था गरिने उनले बताए।
सम्बन्धित ब्यक्तिले आफ्नो भत्ता आफै सदुपयोग गरून् भन्ने उद्देश्यका साथ बैंङ्किङ प्रणाली मार्फत भत्ता बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।हामिले चलाएको प्रणाली मार्फत भत्ता बितरण कार्यले पारदर्शिता सङै दुरुपयोग नहुने उनले बताए।