कार्तिक २६, कैलाली । कैलालीको पहाडी मोहन्याल गाउँपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै महिला कर्मचारीलाई कुट’पिट गरेको आरोपमा प्रहरीले वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार प्रहरीले प’क्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय सुखडकाअनुसार सोही वडा कार्यालयकी अपाङ्ग एकल महिला कर्मचारीमाथि कुट’पिट र दुव्र्य’वहार गरेको आरोपमा उनलाई प’क्राउ गरिएको हो।
वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई गत सोमबार कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर लठ्ठीलठ्ठीले निर्घात कुट’पिट गरेको आरोप पीडित महिलाले लगाएकी छिन् । स्थानीय निर्वाचनमा पूर्वमाओवादीबाट निर्वाचित मगर हाल नेकपा मोहन्याल गाउँ कमिटीका सदस्य समेत हुन् ।