विप्लव नेकपाका नेताहरुकाे स्वास्थ्य उपचारका लागि बिदेशमा बस्ने नेपालीद्वारा सहयाेग


कार्तिक २६, दाङ । नेपाल जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाले दाङबाट विनाकारण गिरफ्तार परेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाइ स्वास्थ्य उपचारका लागी आर्थिक सहयाेग पठाएकाे छ । पक्राउ परेका उक्त पार्टीका केन्द्रीय सदस्य विरजगं, पूर्व जनमुक्ति सेनाका बिर्गेट सहायक कमान्डर तथा राप्ती ब्युरो कार्यालय सचिव सबिन, युवा संगठन नेपालका अध्यक्ष पाटन, पूर्व जनमुक्ति सेना तिलक लगायत २१ जना बन्दी नेता-कार्यकर्ताहरुलाई आर्थिक सहयोग गरेकाे छ ।

पूर्व जनमुक्ति सेना समेत रहेका नेपाल जनप्रगतिशिल माेर्चा दक्षिण काेरियाका अध्यक्ष आदर्श मगरले माेर्चाकाे तर्फबाट दाङ हिरासतमा रहेका आस्थाका राजबन्दीहरुकाे स्वास्थ्य जाँच उपचारका लागि सहयोग स्वरुप ५० हजार रुपैया पठाएका हुन् । कामकाे सिलसिलामा नेपालका विभिन्न ठाउँबाट दक्षिण काेरिया पुगेर नेपाल जनप्रगतिशिल माेर्चा दक्षिण काेरियामा आवद्ध भएकाहरुले आफ्नाे पारिश्रमिक कटाएर सहयोग पठाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज विरजंग, राप्ती ब्युरो इन्चार्ज सुवास, राप्ती ब्युरो कार्यालय सचिव सविन, युवा संगठन, नेपालका केन्द्रीय अध्यक्ष पाटन, राप्ती ब्युरो सदस्य सुन्दर, तिलक, दाङ जिल्ला इन्चार्ज विक्रम, राेल्पा जिल्ला इन्चार्ज प्रयास, सल्यान जिल्ला इन्चार्ज विश्व, दाङ जिल्ला सेक्रेटरी प्रदिप,

पश्चिम रुकुम जिल्ला सेक्रेटरी चन्द्र लगायत २१ जनालाई दाङ राजपुरकाे मुङग्रेठामा पार्टीको राप्ती ब्युराे बैठक बसिरहेको स्थानबाट असाेज ३० राति १:३० बजे घर घेरा हालि प्रहरीले गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय दाङकाे हिरासतमा राखेकाे छ । अदातले हिजो साेमबार उनिहरुलाई चाैथाे पटक १० दिनकाे म्याद थप गरेको छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार