• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

कर्णालीमै पहिलोपटक चाैरजहारी नगरपालिकाले संचालन गर्याे ‘नगर बस’, भाडा कति ?


कार्तिक २६, रुकुम पश्चिम।  रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएको छ।  नगरपालिकाले एक कार्यक्रमकाबीच नगर बस सञ्चालनमा ल्याएको हो।

नगर बसको प्रदेश सभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय प्रमुख राजकुमार शर्माले पहिलो यात्रुको रुपमा यात्रा गरेर उद्घाटन गरे। नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगर बस सुरु गरिएको नगर प्रमुख विशाल शर्माले जानकारी दिए।

कुल ९२ लाख १५ हजारमा उक्त ३ वटा बस खरिद गरिएको नगरपालिकाले जनाएको छ। ३१ लाख १० हजारका २ वटा र २७ लाख ९५ हजारमा एउटा गाडी खरिद गरिएको बताएको छ।

सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमता भएको तीन वटा बस संचालनमा ल्याएको हो। नगर बसमा अपाङ्गता भएका, जेष्ठ नागरिक, विद्यार्थीहरुलाई भने छुटको व्यवस्था गरेको छ। यस्तै ५ वर्षमुनिका बालबालिका तथा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रदान गरिने छ।

नगरपालिकाल चौरजहारी भ्यालिको जुनकुनै ठाउँ बाट यात्रा गर्दा २० रुपैया, चौरजहारी बसपार्क देखि नुवाकोट सम्म  २ सय र बसपार्क देखि चौफा सम्म १ सय रुपैया भाडादर कायम गरेको छ। कार्णाली प्रदेशमै नगर बस संचालन गर्नेमा चाैरजहारी नगरपालिका पहिलाे नम्बरमा परेकाे छ ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार