• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

बंगलादेशका राष्ट्रपति आउने बेला विमानस्थल आधा घण्टा बन्द हुने


कात्तिक २६,काठमाडाैं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणका कारण त्रिभुवन विमानस्थल मंगलबार आधा घण्टा बन्द हुने भएको छ । राष्ट्रपति हमिद विमानस्थल आइपुग्ने बेला दिउँसो १२ बजेर २५ मिनेटदेखि १ बजेर ५ मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तालिका छ ।

उनीसँगै बङ्गलादेशका विशिष्ट अतिथीले विभिन्न ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्ने तालिका पनि रहेको परराष्ट्र मन्त्रालले जनाएको छ । बंगलादेशका राष्ट्रपति हमिद आउँदो शुक्रबार स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार