कार्तिक २६, दाङ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङले बुधवार तुलसीपुरमा विरोध पर्दशन गर्ने भएको छ ।
भारतले नेपाली भूमी समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा तुलसीपुरमा विरोध पर्दशन गर्न लागेको नेविसंघका जिल्ला सदस्य किरण केसीले फरककोणलाई बताए ।
नेपाली भूमी कालापानी र लिपुलेक समेटेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा देशव्यापी रुपमा विरोध र पर्दशन हुँदै आएको छ ।
केसीले तुलसीपुरमा हुने विरोध पर्दशनमा उपस्थितिका लागि सम्पुर्ण सचेत नागरिकलाई आग्रह गरेको छ । विरोध पर्दशन विहान ७ बजे तुलसीपुरको विपी चोकबाट सुरु हुने जानकारी दिइएको छ ।