• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा वडाध्यक्षका लागि पाँच जनाको उमेदवार दर्ता


 

करेश्मा  गिरि / कात्तिक २७, सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ मा हुने वडा अध्यक्षका लागी आज कात्तिक २७ गते मनोनयन दर्ता भएको छ।अगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सल्यानमा पनि वडा अध्यक्षका लागी मनोनयन दर्ता भएको हो ।

वडा अध्यक्षका लागी नेपाल कम्युनिस्ट पार्टी सल्यानबाट जिल्ला कमिटी सदस्य धर्मे बुढोथोकी ‘ज्वाला’ले र नेपाली कांग्रेसको तर्फबाट खड्क बहादुर बोहराले उम्मेदवारी दिएका छन् । यस्तै राष्ट्रीय प्रजातन्त्र पार्टीबाट गोपाल शाह रहेका छन् भने दुइ जना को स्वतन्त्र उम्मेद्दवारी परेको छ । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा दलबीर बस्नेत र चित्रप्रकाश गिरी रहेका छन् ।

 

जिल्लाको एक मात्र उप निर्वाचन क्षेत्र रहेको कुमाख गाउँपालिकामा निर्वाचन सम्पन्न गर्न अफठेरो रहेको गाउँपालिकाले जनाएको छ । कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढाले जिल्लामा एक मात्र उप निर्वाचन क्षेत्र रहेकोले यस गाउँपालिकामा निर्वाचन सम्पन्न गर्न अपठेरो रहेको भन्दैे जनतालाइ टर्चर हुने सम्भावना बढी रहेको बताए ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत सल्यानका जिल्ला न्यायधिस कुल प्रसाद पाण्डेले दलहरुले आचार संहिता पालनामा विशेष जोड दिनु पर्ने बताए । निर्वाचनमा तीनवटा कुराहरु निश्पक्ष,स्वतन्त्र र जवादेहीता महत्वपुर्ण हुने बताउँदै मुख्य निर्वाचन अधिकृत पाण्डेले ति कुरालाइ सफल बनाउन सुरक्षा  व्यवस्था मजबुत र आचारसंहिताको पालना गर्नुपर्ने बताए ।

आचार संहिताको उल्लंघन भएको खण्डमा निर्दयी तरीकाले कदम चाल्ने चेतावनी दिएका छन् । दलहरुले आचार संहिता पालनामा विशेष जोड दिनु पर्ने बताएउँदै पाण्डेले आचार संहिताको दुरुपयोग भएमा विभिन्न समस्या हरु सृजना हुने भएकाले आफुले कानुन र संविधानलाइ सिरमा राखेर निर्णय गर्ने बताए ।

 

निर्वाचन लाइ लक्षित गर्दै सुरक्ष व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । सल्यानका  प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उपनिर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पारेको बताए ।

एकीकृत सुरक्षा योजना तैयार गरि सकेको बताउँदै प्रमुख जिल्ला अधिकारी न्यौपानेले चारवटै सुरक्षा निकायसंग समन्वय गरेर सुरक्षा व्यवस्था कडा पारिएको बताए । उपनिर्बाचनका लागी तोकिएको मतदान केन्द्र अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७६ कार्तिक २७ गते बुधवार