• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

कर्णालीका पत्रकार डिलप्रसाद शर्माको निधन


कार्तिक २८, सुर्खेत । कर्णाली प्रदेशकाे सुर्खेत स्थित पत्रकार डिलप्रसाद शर्माको निधन भएको छ। काठमाडौंको नयाँ बानेश्‍वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा २३ वर्षकाे उमेरमा पत्रकार शर्माको निधन भएको हो।

बोनम्‍याराेमा समस्‍या आएपछि चार महिनाअघि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा बिहीबार निधन भएको हाे । विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा सुर्खेतबाट प्रकाशिन हुने साझा बिसौनी दैनिकमा कार्यरत थिए भने विभिन्न राष्ट्रिय मिडियामा कार्यरत थिए ।

पत्रकार शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्‍य तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत हुन् । पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर दु:ख व्‍यक्त गरेको छ। महासंघले शर्माकाे निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाएकाे छ।

प्रकाशित मिति : २०७६ कार्तिक २८ गते बिहिवार