• २०७७ चैत्र २९ गते आइतवार
  • Preeti To Unicode

केही गद्दार छन् बालुवाटार के सोध्नु हुन्छ


  • गजल

प्रिय मित्र घुम्दै फिर्दै रुम्झाटार के सोध्नु हुन्छ ।
आखिर यस्तै त छ यो संसार के सोध्नु हुन्छ ।।

आफ्नो स्वार्थका लागी देश बेच्न खोज्ने ।
केही गद्दार छन बालुवाटार के सोध्नु हुन्छ ।।

प्रेम गर्न दिल हैन कपडा खोल्नु पर्छ यहाँ ।
क्या चल्दैछ प्यारको संस्कार के सोध्नु हुन्छ ।।

कुटो कोदाली मेलापात चलेकै छ जिन्दगी ।
तपाई मेरा ‘बा’ को समाचार के सोध्नु हुन्छ ।।

म एक सामाचार हु आखाँ कान पुच्छर नभएको ।
समाचारको पनि सामाचार बेक्कार के सोध्नु हुन्छ ।।

प्रकाशित मिती २०७६ कार्तिक २९

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार