• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

दाङ देउखुरीका किसानलाई भैसी बिमा बाफतको ९० हजार रूपैयाँ हस्तान्तरण



ओमप्रकाश गुप्ता/ कार्तिक २९, देउखुरी। नेपाल महिला सामुदायिक लघुबित्त लिमिटेडले उद्यम बिकाश कार्यक्रम अन्र्तगत भैसी बिमा गरे बाफतको ९० हजार रुपैयाको चेक देउखुरीका एक भैसीपालक कृषकलाई प्रदान गरेको छ । केन्द्रले पहिलो पटक भैसी बिमा बाफतको रकम पशुपालक कृषकलाई प्रदान गरेको केन्द्रका लमही शाखा अधिकृत पुष्पा पुलामीले जानकारी दिएकी छिन् ।

लघुबित्त लिमिटेड अन्र्तगत गठन भएको लमही नगरपालिका वडा नम्बर १ सिंगेखोला सामुदायिक सेवा केन्द्र नम्बर १ सय ४६ का सदस्य तथा भैसी पालक कृषक रेश्मा भारतीलाई ९० हजार रुपैयाको चेक नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले एक कार्यक्रमका बिच शुक्रबार प्रदान गरेकी हुन् । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महासघका उपाध्यक्ष शाहले बिमा बाफतको रकमले उद्यमीलाई राहत पुगेको भन्दै पशु मरे पनि बिमाले पशुपालक कृषकलाई ब्यबसायमा टिक्न सक्ने आधार खडा गरेको बताइन् ।

रेश्मा भारतीले महिला सामुदायिक लघुबित्त लिमिटेडको उद्यम बिकाश कार्यक्रममा आबद्ध भएर आर्य आर्जनका लागी केन्द्रबाट १ लाख रुपैयाको कर्जा लिएर गत असार महिनामा दुहुनो भैसी किनेकी थिईन् । किनेको भैसी ३ महिना मै मरेपछि भैसी बिमा गरेकी रेश्माले बिमा बाफतको ९० हजार रुपैया पाएकी हुन् ।

किनेको ३ महिनामा भैसी अचानक मरेपनि भैसी बिमा बाफतको रकमले आफुलाई ऋणमा डुब्न बाट छुटकारा गराएको भन्दै रेश्माले आफु जस्ता पशुपालक उद्यमीहरुलाई पशु बिमाले राहत दिएको बताइन्। गत उद्यम बिकाश कार्यक्रमले उद्यमीहरुको हितको लागी निक्षेप तथा कर्जा सुरक्षण कोष अन्र्तगत पशुपालक कृषकहरुको पशु बिमा गर्दै आएको केन्द्रले जनाएको छ ।

गत चैत्र महिना देखि उधमबिकाश कार्यक्रम अन्र्तगत केन्द्रले शुरु गरेको पशुबिमामा कार्यक्रममा देउखुरी क्षेत्रका गाई भैसी, बाख्रा गरि १ हजार पशुको बिमा गरिएको उधम बिकाश अधिकृत अनिल चौधरीले जानकारी दिएका छन् । पशु खरिद गरेको मल्यको १ प्वाईन्ट ५ प्रतिशतको दरले पशुपालक कृषकले बिमा गरेबाफतको पैसा बुझाउनु पर्ने हुन्छ । रकम हस्तान्तरण कार्यक्रमको सचालन लघुबित्त कार्यक्रम लमही शाखाका शाखा अधिकृत पुष्पा पुलामीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ कार्तिक २९ गते शुक्रवार