• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

लेकाली अनलाइनले मनायाे दाेस्राे वार्षिकाेत्सव


मंसिर २, सल्यान । सल्यानबाट संचालित लेकाली अनलाइन २ वर्ष पार गरेर ३ वर्षमा प्रवेश गरेको अवसरमा दाेस्राे वार्षिकाेत्सव मनाएकाे छ । २०७४ मंसिर २ गतेदेखि संचालनमा आएको लेकाली अनलाइन ३ वर्षमा प्रवेश गर्दा आज सल्यान सदरमुकाम खलंगामा एक अन्तरक्रिया कार्यक्रमका बीच दोस्रो वार्षिकोत्सव मनाएकाे हाे ।

पुर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्ताेष केसी, सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, शारदा नगरपालिका ३ का वडा अध्यक्ष टाेप बहादुर थापा, बागचाैर नगरपालिका ४ का वडा सदस्य जनक घर्ती, जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय टेकराज शाही, जिल्ला शाखा अध्यक्ष प्रतिक इच्छुक शर्मा, पुर्व अध्यक्ष रमेश गाैतम लगाएत पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे ।

लेकाली अनलाइनका संचालक तथा सम्पादक खकेन्द्र केसीकाे सभा अध्यक्षतामा सुरु भएकाे कार्यक्रकाे स्वागत मन्तव्य संवाददाता खेमराज सुनारले राखेका थिए भने संचालन सल्लाहाकार सदस्य विरेन्द्र डिसीले गरेका थिए ।

विकासमा हातेमालाे गर्नुपर्छ

कार्यक्रममा बाेल्दै सांसद बस्नेतले विकासमा सबैले हातेमालाे गर्नुपर्ने बताएका छन् । उनले देश संघियतामा गैसकेकाेले तीनै तहका सरकार मिलेर विकास गर्नुपर्ने बताए । विकास भए नभएकाे खबरदारी गर्ने अधिकार मिडियालाइ भएकाे भन्दै उनले पत्रकारहरू पनि नडराइकन सत्य र गलतलाइ छुट्याउनुपर्ने बताए । पत्रकार राज्यकाे चाैथाे अंग भएकाेले समाजमा हुने विक्रिती विसंगतीका बिरुद्व आवाज उठाउनुपर्ने उनले बताए । सल्यान जिल्लामा विगतकाे भन्दा धेरै बजेट विनियाेजन हुने गरेकाे भन्दै उनले सबैले आ-आफ्नाे ठाउँबाट विकास खर्चमा सदुपयाेग गर्नुपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथी छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्ताेष केसीले लेकाली अनलाइनले नडराइकन समाचार लेख्ने गरेकाे प्रसंसा गरे । उनले मिडियाले सरकारकाे प्रतिपक्षमा बसेर खबरदारी गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री देखि वडा सदस्यसम्म सबैकाे तलब राेेकिनुपर्ने बताए । उनले भने, ‘तलब धेरै खाने माथी बसेका छन् । उनिहरूकाे राेकिदैन्  तर गाउँमा दिनभरी कार्यालय धाउने वडाध्यक्षहरूकाे तलब राेकिन्छ ।’

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथी सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले सल्यानमा पछिल्लाे समय पत्रकारहरू गलत काम गर्नेलाइ खबरदारी गर्ने गरेकाे बताए । उनले भने, ‘हामी गलत काम गर्न हुँदैन्र, पत्रकारहरूले पनि खबरदारी गर्छन् । पत्रकारहरूले गलत गर्नेलाइ आलाेचनात्मक सुझाव दिनुपर्छ ।’

टाेपेन्द्र कला केन्द्रकाे फाेटाे प्रदर्शन 

कार्यक्रममा बागचाैर स्थित टाेपेन्द्र कला केन्द्रले सल्यानका विशिष्ट जनप्रतिनिधिहरूकाे कलम प्रयाेग गरेर हातले बनाएकाे फाेटाे प्रदर्शनी गरिएकाे थियाे । कला केन्द्रले जिल्लाका १० वटा स्थानीय तहका प्रमुख, जिल्ला समन्वय समिती सल्यानका प्रमुख, मुख्यमन्त्रीका राजनिती सल्लाहाकार भिम प्रकाश शर्मा, दुइ प्रदेश सभा सदस्य र एक प्रतिनिधि सभा सदस्यकाे कलम प्रयाेग गरेर हातले फाेटाे बनाएकाे थियाे ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २ गते सोमवार